Tuesday 20th January 2026

साउदी सरकारले दियाे १ हजार ४०६ अवैधानिक नेपालीलाई ‘बहिर्गमन भिसा’


तितोपाटी-  साउदी सरकारले हालै मात्र थप ५८ जना अवैधानिक नेपाली कामदारहरूलाई बहिर्गमन भिसा (एक्जिट भिसा) को अवसर दिएको छ । यससँगै अवैधानिक कामदारलाइ बहिर्गमन भिसा दिने प्रकृयाको थालनी भएयता हालसम्म १ हजार ४०६ जना अवैधानिक नेपाली कामदारहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको जनाइएकाे छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक नेपाली कामदारका लागि त्यहाँकाे सरकारले यस्ताे अवसर दिएकाे हाे । यसरी अवैधानिक भएकाहरू ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाउने र पक्राउ पर्ने जाेखिम रहन्छ । उनीहरूकाे विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेपछि उक्त व्यवस्था गरिएकाे जनाइएकाे छ ।

दूतावासले अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेको समेत जनाएकाे छ । उनीहरूकाे सूची पनि साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासकाे भनाइ छ । साथै दूतावासले हालसम्म बहिर्गमन भिसा लागेकाहरूले भने स्वदेश फर्कने तयारी गर्न अनुरोध समेत गरेको छ ।

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिनाभन्दा बढी अवधि अकामा नवीकरण नभएका, नयाँको हकमा ४ महिनाभन्दा बढी अवधि अकामा जारी नभएकाहरू तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका भए पनि कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवानामा नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था गरिएकाे थियाे ।
साभार न्युज२४नेपालबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...