Thursday 20th August 2026

अब संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत श्रम स्वीकृति नविकरण गर्न सकिने


तीतोपाटी – वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका श्रमिकहरूले अब विदेशबाटै अनलाइन मार्फत श्रम इजाजत नविकरण गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको हो ।

सरकारले गरेको यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् भने यो व्यवस्था आगामी साताबाट कार्यन्वयनमा आउन लागेको हो । यो व्यवस्था लागु भएपछी श्रम इजाजत नविकरणको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट-वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट-वेसँग सम्झौता गरेको छ ।

आईएमई पे, ई-सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ । यो व्यवस्था लागु भए पछि विदेशमा मात्र नभएर स्वदेशमा भएकाहरूले पनि वैदेशिक रोजगार कार्यालय धाउनु पर्ने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएर आएपछि गोकर्ण बिष्टले यो व्यवस्था गर्न अग्रसारता देखाएका थिए । धेरै पटक विदशेबाटै रि-इन्ट्रीको सुविधा दिँदा कामदार स्वेदेश नै फर्किन नचाहने पनि हुन सक्ने भएकाले दुईपटक मात्रै यस्तो सुविधा दिइएको हो । यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गएपनि अवधि सकिएपछि विदेशमै बसिरहनु परेका श्रमिकलाई श्रम स्वीकृति लिन निकै सहज हुनेछ भने श्रम इजाजत नविकरण नगरेका कारण वैदेशिक रोजगारीको क्रममा विभिन्न समस्यामा पर्दा वैदेशिक रोजगार कल्याणकारी कोषबाट सुविधा नपाउने अबस्थाको पनि अन्त्य हुनेछ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...