Friday 11th September 2026

एसिड प्रयोगलाई व्यवस्थित बनाउनुपर्छ-अभियन्ता थापा


तितोपाटी- एसिड आक्रमणका अभियन्ता उज्वल विक्रम थापाले अटो मोवाईल्स, सोलार पसल, सुन पसल, दुध डेरी तथा हार्डवेयरहरुमा एसिड खुले आम प्रयोग र विक्री वितरण भईरहेको बताएका छन । स्थानीय प्रशासनले इजाजत नदिई एसिडको प्रयोग समेत गर्न नमिल्ने भएकाले त्यसको अनुगमन र नियमन गर्ने, प्रयोगका लागी जिल्ला प्रशासन कार्यालयले इजाजतलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन ।

मानवीय त्रुटि वा नियतका कारण एसिडको गलत प्रयोग हुनबाट रोक्न आवश्यक रहेको समेत उनले बताएका छन । शुक्रबार पत्रकारहरुसँग सिन्धुलीमाढीमा छलफल गर्दै उनले सरकारले ल्याएको अध्यादेशले एसीड पीडितहरुलाई मलम लगाउने काम गरेको बताए ।

उनले खुलेआम हुने एसिडको विक्री वितरण रोक्न र प्रयोगलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन । उनले भनेका छन, ‘एसीड आक्रमणबाट हुने शारीरिक क्षति, त्यसको पीडा र जलन कल्पना गर्न नसकिने छ । यसको उपचार खर्च पनि महंगो छ । यसलाई मानवीय क्षतिमा दुरुपयोग हुन नदिऔं ।’

पछिल्ला समयमा भएका एसिड आक्रमणका घटनाहरु प्रायः दुध डेरी, हार्डवेयर पसलमा खुलेआम विक्री भएको र त्यसको दुरुपयोग भएको पाईएकाले त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले अनुगमन र नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले सबै खाले जलनका कारण पीडित भएकाहरुका लागि सरकारले निशुल्क उपचार गर्नुपर्नेमा पनि जोड दिएका छन । ‘जलनको घाउको उपचार महंगो छ, सामान्य नागरिकले उपचार गर्नै सक्दैन । सरकारले निशुल्क उपचार गर्नुपर्छ,’ उनले भने । उनले सिन्धुली जिल्लालाई तेजाव मुक्त जिल्ला बनाउनुपर्नेमा समेत जोड दिएका छन ।

उनले तेजाव लगाएत जलनबाट किर्तिपुर अस्पतालमा मात्रै महिनामा १० वटा केश र जाडो महिनामा महिनामा ३ सय केश आउने गरेको बताउँदै नेपालमा स्किन बैंकको आवश्यकता रहेको बताए । जलनका विरामीको उपचारका लागि स्किन नपाउने अवस्था रहेको बताउँदै नेपालमा स्किन बैंकको आवश्यकता रहेका उनले बताए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ।…

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

प्रतिकृयाहरू
...