Monday 8th June 2026

भारतमा कार दुर्घटनामा परि तीन जना नेपालीको ज्यान गयो


तितोपाटी-भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।
नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये एक महिलाको नाम लक्ष्मीकुमारी भएको र अन्य दुई जनाको नाम खुलेको छैन । दुर्घटनामा घाइते चार जनामध्ये अर्घाखाँची घर भएका दुई जनालाई दिल्ली पु¥याइएको र अन्य दुईको कृष्ण अस्पतालमै उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा चालक भने सामान्य घाइते भएका छन ।


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...