Thursday 18th December 2025

भारतमा कार दुर्घटनामा परि तीन जना नेपालीको ज्यान गयो


तितोपाटी-भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।
नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये एक महिलाको नाम लक्ष्मीकुमारी भएको र अन्य दुई जनाको नाम खुलेको छैन । दुर्घटनामा घाइते चार जनामध्ये अर्घाखाँची घर भएका दुई जनालाई दिल्ली पु¥याइएको र अन्य दुईको कृष्ण अस्पतालमै उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा चालक भने सामान्य घाइते भएका छन ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...