Friday 5th September 2025

कुबेतबाट पनि इसेवामा मनि ट्रान्सफर गर्न मिल्ने


तितोपाटी- इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।
यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपालभर रहेका ८ सयभन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ ।
साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स मात्र सेवा शुल्क लाग्ने छ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्ने छ ।
रेमिट्यान्स्‍सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका हुन् ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

 


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेत / कुवेतमा केही दिनयता घटेको विषाक्त मदिरा त्रासदीले सम्पूर्ण नेपाली समुदायलाई असह्य पीडा र स्तब्धतामा डुबाएको…

लुलु हाइपरमार्केट - मध्य पूर्वको एक अग्रणी खुद्रा ब्रान्ड, जसले गुणस्तर, सुविधा र ग्राहक सन्तुष्टिमा केन्द्रित हुँदै ताजा उत्पादन, किराना…

बुर्किना फासोको संसदले समलैंगिक कार्यहरूलाई गैरकानूनी घोषित गर्ने पक्षमा मतदान गर्‍यो बुर्किना फासोको अनिर्वाचित संक्रमणकालीन संसदले समलैंगिक कार्यहरूलाई प्रतिबन्ध लगाउने…

प्रतिकृयाहरू
...