Wednesday 12th February 2025

पछिल्लो २४ घण्टा यता ३६३७ जनालाई कोरोना संक्रमण पुष्टि


तितोपाटी- गत २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १ हजार ५ सय ५२ जना काठमाडौं उपत्यकाका हुन् ।
योसहित संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।
त्यस्तै, आज ३ हजार २ सय १६ संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । बिहीबार २१ संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको कुल संख्या ८ सय १२ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

प्रतिकृयाहरू
...