Saturday 31st October 2026

गायिका आश्रा कुँवरको पहिलो रक गित “आभास” भिडियो सहित (यूट्यूबमा सार्वजनिक)


तितोपाटी- गायिका आश्रा कुँवर र प्याराबल्स ब्यान्ड को पहिलो रक गित “आभास” गत असोज१३ गते सार्वजनिक भएको छ।

‘आभास’ बोलको नयाँ गीत ‘आश्रा एन्ड द प्याराबल्स’ ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको ‘आभास’ गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द र संगीत “आश्रा एन्ड द प्याराबल्स” कै रहेको छ।
प्रायः मनोरञ्जन मायाप्रेमको गीतमा बेग्लै मिठास छोडेको हुन्छ भने बिछोडका गीतले वेदना बोकेका हुन्छन् तर यो गीतले आत्मविश्वास र सकारात्मक भाव बोकेको छ। आफ्नो नजिकको व्यक्तिलाई गुमाउँदाको पीडा र पीडाबाट सम्हालिनु र नवीन दिनहरू सुरुवातका लागि उत्प्रेरित गराउनु यो गीतको सन्देश रहेको छ।

https://youtu.be/66f4Fye9oCs


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...