Sunday 22nd March 2026

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण


तितोपाटी- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान कोरोना रिपोर्ट पोजिटिभ आएपछि मन्त्री केसी निवासमा आइसोलेसनमा बसेको उनका स्वकीय सचिव पवन कुँवरले जानाकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज गरिएको ईमरजेन्सी एक्सपर्ट टेष्ट (द्रुत स्वाब परीक्षण) गर्दा उनको रिपोर्ट पोजिटिभ आएको कुँवरको भनाई छ ।

मन्त्री केसीलाई सामान्य रुघाबाहेक स्वास्थ्यमा अन्य कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेश सभामा पेश गरेका मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभामा उपस्थित सांसदलाई सुरक्षित रहनसमेत उनको सचिवालयले आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...