Tuesday 28th July 2026

प्रम सचिवालयका प्रमुख सल्लाहकारसहित ५ जनालाई कोरोना संक्रमण


तितोपाटी- प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
आफूलाई संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिँदै प्रमुख सल्लाहकार रिमालले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेसबुकमा पोस्ट  गर्दै शुक्रबार गरिएको पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई संक्रमण भएको थियो।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...