Thursday 17th September 2026

मोना कुवेतले बाढीपहिरो पीडितलाई पहिलो र दोस्रो चरण गरि तीन लाख उनन्तीस हजार भन्दा सहयोग पठायो


म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई दोस्रो चरणको आर्थिक सहयोग गरेको छ, भने आर्थिक सहयोग संकलन अभियान पनि बन्द गरेको छ ।

कुवेतमा कार्यरत श्रमिकहरु, मोना कुवेतका पदाधिकारी र सदस्यहरु बाट संकलन गरिएको रकम ८२ कुवेती दिनार अर्थात नेपाली (३०,८४१) तीस हजार आठ सय एकचालीस रुपैयाँ दोस्रो चरणको सहयोग गरेको छ । मोना कुवेतले पहिलो र दोस्रो चरण गरि (३,२९,१०३) तीन लाख उनन्तीस हजार एक सय तिन रुपैयाँ आर्थिक सहयोग रकम मोना आईईसीको आपतकालीन कोषमा जम्मा गरिदिएको हो ।

म्याग्दीको विभिन्न स्थानमा असार २५ गते आएको अविरल वर्षाका कारण बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको मातहतमा सम्पूर्ण देशका राष्ट्रिय कार्यकारी समितिले संकलन गरेको आर्थिक सहयोग रकम एकद्वार प्रणालीबाट जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट विस्थापित भई घर, जग्गा नभएकाको लागि मोना नमुना बस्ती बनाउने र जग्गा भएकाको लागि घर बनाउने तयारी गरिरहेको छ । भने म्याग्दीका विभिन्न ठाउँका बाढीपहिरो पीडितलाई राहात पनि वितरण गर्दै आएको मोना कुवेत अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताउनु भएको छ ।
म्याग्दीको विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको थियो । मोना कुवेतको गत शुक्रबार बैठक बसी आर्थिक सहयोग संकलन अभियान बन्द गर्ने निर्णय गरेको जनाएको छ । गत शुक्रबार अर्थात् ११ सेप्टेम्बर २०२० का दिन देखि सहयोग संकलन अभियान बन्द गरिएको उपाध्यक्ष तथा आर्थिक सहयोग संकलन अभियानका संयोजक मान बहादुर फगामीले बताउनु भएको छ ।

त्यस्तै मोना कुवेतको बिशेष पहलमा कोरोना भाइरसका कारण लामो समय देखि कुवेतमा अलपत्र परिरहेका ३ जना जीवन रोका, नरेश पुर र कृष्ण पुन स्वदेश फर्किएका छन । मोना कुवेत संग म्याग्दीका अभियन्ता चन्द्र बहादुर के.सी को समेत समन्वयमा ऊनीहरु स्वदेश फर्किएका हुन । ऊनीहरु कम्पनी बाट स्वदेश फर्किनको लागि एयरपोर्ट सम्म पुगेका थिए तर कोरोना भाइरसका कारण कुवेत लकडाउन भएकोले उडान बन्द भएको थियो । कम्पनीले स्वदेश फर्किनको लागि पहल नगरे पछि मोना कुवेत संग सम्पर्कमा आएर स्वदेश फर्किएका हुन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको…

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

प्रतिकृयाहरू
...