Sunday 21st September 2025

नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु, मृतकको संख्या ३७१ पुग्यो


तितोपाटी – नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

मृतक महिलामा सिराहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया, काठमाडौँकी ८६ वर्षीया, रुपन्देहीकी ६४ वर्षीया रहेका छन् ।

त्यसैगरी पुरुषमा सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय र काठमाडौँका ३४ वर्षीय, ९६ वर्षीय, ६६ वर्षीय, ६१ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबार अपराह्नसम्म ३७१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह…

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

प्रतिकृयाहरू
...