Friday 11th September 2026

नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु, मृतकको संख्या ३७१ पुग्यो


तितोपाटी – नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

मृतक महिलामा सिराहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया, काठमाडौँकी ८६ वर्षीया, रुपन्देहीकी ६४ वर्षीया रहेका छन् ।

त्यसैगरी पुरुषमा सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय र काठमाडौँका ३४ वर्षीय, ९६ वर्षीय, ६६ वर्षीय, ६१ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबार अपराह्नसम्म ३७१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...