Sunday 26th October 2025

भक्तपुरमा बाढी पहिरोमा पर्दा एकै घरका ३ जनाको मृत्यु (फोटो फिचर)


तितोपाटी – भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।  वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।

यतिखेर भक्तपुरका विभिन्न क्षेत्रमा डुबान भएको छ । मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ । अहिले डोजरले पानी कटाउने काम गरिरहेको छ भने उद्वार कार्य जारी रहेको छ ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...