Friday 2nd October 2026

कुवेतमा काभ्रेका बिष्णु बहादुर तामाङको मृत्यु


हरि कृष्ण न्यौपाने- काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो ।

पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिन उपचार पछि फर्काइएको थियो तर कम्पनीको आवासमा फर्किए पछि पुन: कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको खबर आफुहरुले पाए पछि हामीहरु सार्है दुःखीत भएका छौ र पत्याउनै गार्हो परिरहेको छ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं- ०६६८५९९१ का बिष्णु बहादुर तामाङको मृत्यु बारे प्रारम्भिक जानकारी राजदूतावासमा आएको बताए । उनले भने “बिष्णु नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको रुपमा आएको देखिन्छ । उहाँको मृत्युको पूर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसंग समन्वय गरेर दूतावासले कानुनी प्रकृया शुरु गरिसकेको जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा कुवेत आएको १ वर्ष पनि नपुग्दै ज्यान गुमाएका विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन् ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...