Wednesday 9th September 2026

कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्र चलाउने दुई नेपाली पक्राउ


हरि कृष्ण न्यौपाने-कुवेतको अहमादी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर २,२०२० का दिन प्रकशित समाचारमा मदिरा उत्पादन केन्द्र सन्चालन सन्चालन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य बिबरण भने खुलाईएको छैन। उक्त समाचारमा भनिएको छ “घरेलु मदिरा बिक्रीका लागि जाँदै गरेका ब्यक्तिलाइ पक्राउ गरे पछि उनैले घरेलु मदिरा उत्पादन केन्द्रमा प्रहरिलाई लिएर गएका थिए।घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौ ब्यारेल (ड्रमहरु), केही उपकरण र तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ।उनीहरुलाई कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको छ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...