Saturday 22nd August 2026

सरकारले चार्टर उडान पुनः सूचारू गर्ने, विदशेबाट आउनेले ७ दिन अनिवार्य होटलमा बस्नु पर्ने


तितोपाटी – सरकारले चार्टर तथा उद्दार उडानलाइ पुनः सूचारू गर्ने भएको छ । हिँजो विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चार्टर तथा उद्दार उडानलाई पुनः सूचारु गर्ने निर्णय गरेको हो ।

हवाइ मार्गबाट स्वदेश आउने यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने मापदण्डसमेत निर्धारण गरेको छ । जसको लागि कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्रै काठमाडौं आउनुपर्ने छ ।

होटल क्वारेन्टाइनमा बस्दाको खर्च पनि व्यक्ति आफैले व्यहोर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ । जसको लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्ने जनाएको छ ।

१ दिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको जानकारी गराइएको छ । यसका साथै, विदेशबाट आउनेहरुको सूची पनि सम्बन्धित देशको दूताबासले तोकेबमोजिम हुने जनाइएको छ ।

यसका साथै, सरकारले तोकेका दश वटा स्थल नाकाहरुबाट स्वदेश फर्किने नागरिकलाई पनि सोही नाकास्थित होटल क्वारेन्टाइनमा अनिवार्य रुपमा ७ दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको जानकारी गराइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...