Friday 2nd January 2026

पिर – छन्द:सवाई -हरि शर्मा (सुबेदी)


कसैलाई कोरोनाले छुन्छ भन्ने पिर ।
कसैलाई लागेपछि निको पार्ने पिर ।१।

कसैलाई छ जागिर गुमेकोमा पिर ।
कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२।

कसैलाई ब्यापारमा घाटाको छ पिर ।
कसैलाई एक छाक आटाको नि पिर ।३।

कसैलाई अरु कतै जित्लान् भन्ने पिर।
कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।

डाक्टरलाई बिरामी जाँच्दाको नै पिर ।
बिरामीलाई आफ्नो खुट्टा भांच्दाको पिर ।५।

कसैलाई कमाउन नसकेको पिर ।
कसैलाई भएको नि गुमाएको पिर ।६।

कसैलाई फेस्बुकमा लाईक नपा पिर ।
कसैलाई चलाउनै नआएको पिर ।७।

कसैलाई अरु कोही नटेरेको पिर ।
कसैलाई वाक्क-दिक्क बनाएको पिर।८।

होला कतै कोही मान्छे नभएको पिर ।
यस्तो मान्छे भेटिएमा इक्षा हुन्थ्यो पुरा ।९।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...