Saturday 22nd August 2026

लेबनानको राजधानी बेइरूतमा शक्तिशली विष्फोट हुँदा कम्तीमा ७८ को मृत्यु हजाराैं घाइते


लेबनानको राजधानी बेइरुतमा हिँजो मंगलबार साँझ भएको शक्तिशाली विस्फोटनमा परी कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। त्यहाँ स्थित एउटा गोदाममा राखिएको विष्फोटक पदार्थ एमाेनियम नाइट्रेट को कारण उक्त घटना घटेको बताइएको छ ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले उक्त घटनालाइ विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइने बताउँदै बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ। विष्फोटनमा परी घाइते भएकाहरूले अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

सन् २०१४ देखि त्यहाँ रहेको विस्फोटक पदार्थका कारण उक्त विष्फोट हुन गइ यस क्षेत्रका सबै भवन ध्वस्त भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्। विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।
राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।
ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।

राष्ट्रिय विपत्ति घोषणा सँगै प्रधानमन्त्री हसनले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् भने कतार, कुवेत र इराकले स्वास्थ्य सहायता पठाउन शुरू गरेका छन् । घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार…

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

प्रतिकृयाहरू
...