Monday 24th August 2026

नेपालको कोरोना अपडेटः २०३३२ संक्रमित, १४६०३ निको भए, ५७ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०३३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५६७२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १११ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल १४६०३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि वीरगन्ज महानगरपालिका नगवाकी ६८ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ९१ हजार  २ सय ७१ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ९ सय ३४ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७७ लाख ९३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ११ लाख ८५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ८३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

इजरायलले स्विडेनका युरोपेली संसद् (MEP) का दुई सदस्य जोनास स्योस्टेड्ट (Jonas Sjöstedt) र हाना गेडिन (Hanna Gedin) लाई देश प्रवेशमा…

टर्की र इजरायलबीच तनाव बढिरहेका बेला इरानबाट टर्कीको पक्षमा कडा चेतावनी आएको छ। इरानी राजनीतिक विश्लेषक सैयद मोहम्मद मरान्दीले इजरायलले…

प्रतिकृयाहरू
...