Monday 10th August 2026

३ समसामयिक मुक्तकहरू -राम भण्डारी


कस्ले र किन पठायो कोरोना यो श्रृष्टिमा ।
के लाग्छ? कारण के हो तपाईको दृष्टिमा ।
यदि मेरो बिचार मान्नु हुन्छ भने सुन्नुहोस्
पाप अतिवृष्टि भयो धर्मको अनावृष्टिमा ।

गरिबीको बिडम्बना मुटु भित्रै लुक्ने रहेछ ।
दैत्य अघि ईश्वरको शिर पनि झुक्ने रहेछ ।
स्तब्ध भईयो राक्षसी ताण्डवले परदेशमा
हाम्रै नेपाली पिटिंदा साह्रै मुटु दुख्ने रहेछ ।

सम्बन्ध दाग बिनाको सफा चित्र हुनुपर्छ ।
सुख दुःखमा साथ दिने परम मित्र हुनुपर्छ ।
भेटिने छुटिने चलिरहन्छ यहाँ जहिले पनि
असल साथी भनेको त दिल भित्र हुनुपर्छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

उष्णकटिबन्धीय चक्रवात ‘लुइस’ र ‘मेमे’ तथा तीव्र दक्षिणपश्चिमी मनसुनी वर्षाका कारण उत्तरी फिलिपिन्समा कम्तीमा १२ जनाको मृत्यु भएको छ। फिलिपिन्सको…

इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्नुअघि अमेरिका आफ्नो प्रतिबन्ध, सैन्य दबाब र युद्धसँग सम्बन्धित क्षतिपूर्ति जस्ता माग पूरा गर्नुपर्ने अडान दोहोर्‍याएको…

अमेरिका र क्यानडाको पश्चिमी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन्। क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तस्थित ओकानागन ताल…

प्रतिकृयाहरू
...