Tuesday 7th October 2025

विश्वकै लामो मानिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सर्वसाधारणको लागि खुला


तितोपाटी – विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित  झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यो पुलको लम्बाई ५७६ मिटर छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।

कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो बढ्न थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो ।

पुल सञ्चालनमा आएपछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्नेछ । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ ।

नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए।

-अन्नपुर्णपोष्ट बाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...