Thursday 3rd September 2026

मन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की


तितोपाटी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङका एक जनाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजनालाई समर्थन गरेमा ‘टाउको काट्ने’ धम्की आएको मन्त्री भट्टले बताए ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा । तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ । अनि मैले भाइ तपाईले पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो ।’

नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको बताएका छन् ।

‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पूँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उनले प्रश्न गरे ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...