Sunday 9th August 2026

कुवेतबाट चार्टर फलाईटको मनपरी भाडा, दुतावास मौन


तोयानाथ उपेक्षित – कोरोनाको प्रकोपले रोजीरोटीमा असर पारेपछि प्रवासी नेपाली श्रमिकहरुको नेपाल जाने क्रम जारी रहेको छ । यसक्रममा चार्टर फलाईट गरिरहेका विमान कम्पनीहरुले उनीहरुबाट मनपरी भाडा असुल गरिरहेका खबरहरु थाहा पाएर पनि नेपाली राजदूतावास कुवेत टुलुटुलु हेरेर बसिरहेको आरोप पीडितहरुले लगाएका छन ।

नेपाल सरकारले कुवेतका लागि ४१० डलर तोके पनि त्यो लागु भएको देखिन्दैन । कुवेती डिनरमा ४१० डलर लाई सटही गर्दा १२६ केडी वा यसैको सेरोफेरो हुन आउँछ तर चार्टर फलाईटको टिकट बेच्ने ट्राभल एजेन्सीहरुले १६० केडी सम्म लिने गरेका छन । लमसम ३० देखि ३४ केडी सम्म धेरै लिनु भनेको नेपाली मुद्रामा साढे बाह हजार अतिरिक्त हुन आउँछ । ट्राभलहरुले यसरी खुल्लम खुल्ला नेपाल सरकारले तोकिएको भन्दा धेरै रकम लिदा यहाँ स्थित नेपाली राजदुतावास चुप्पी साँधेर बस्नु रहस्यमय छ । पिडीतहरुका अनुसार उनीहरुले नेपाली दुतावाससँग टिकटका सम्बन्धमा सोधपुछ गर्दा ट्राभल एजेन्सीको नम्बर दिने गरेको बताउछन ।

लकडाउनको अवधीमा पनि कुवेतबाट नेपालको हिमालय, नेपाल एयरलाईन्स र कुवेतको अलजजिराले चार्टर फलाईट गरिरहेका छन । ट्राभलहरुले जथाभावी असुल गरिरहदा तीनले नेपाल सरकारको घोषणालाई अवज्ञा कसरी गर्ने आँट गरिरहेका छन यसलाई कडाई पूर्वक लागु गराउन किन दुतावास असक्षम भईरहेको छ सम्बन्धित मन्त्रालयले ध्यान दिन जरुरी छ ।

नेपाल सरकारले चार्टर उडान गर्ने विमान कम्पनीहरुको मनपरी भाडा असुलेको गुनासो आएपछि शुरुवाती दिनहरुमा केही दिन उडान रोकेर सवै देशका लागि दररेट तोकिदिएको भए पनि कुवेतको हकमा भने उक्त निर्णय लागु भएको छैन । यससम्बन्धमा प्रश्न गर्दा कुवेत स्थित एनआरएन अध्यक्ष सुजन केसी भन्छन बाध्यतामा परेर घर जान खोज्नेहरुसँग गैह कानूनी रुपमा भईरहेको असुली रोक्ने काम नेपाली राजदुतावास कुवेतको हो । गुनासाहरु धेरै पहिले देखि आईरहेका छन । जति घर जान ढिलो भयो त्यति उनीहरुको बसाई खर्च बढ्ने हुदा उनीहरु छिटो नेपाल जान अतालिरहेका छन । यस्तो अवस्थामा महंगो टिकट लिनु पर्ने बाध्यता भनेको तावा बाट उछितिएर भुंग्रोमा पर्नु जस्तो हो । यसलाई नेपाली राजदुतावासले नबुझेर मौन बस्यो होला भन्ने मलाई लाग्दैन । तर एक्सनमा नआउनुले प्रश्नहरु जन्माएका छन । आगामी दिनहरुमा अझै धेरै नेपालीहरु स्वदेश फर्कने छन । अरु धेरै चार्टर फलाईट हुनसक्छ । बेथिती रोक्न दुतावासको सक्रियता देख्न पाईयोस ।

यसरी नै गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य अमित राई पनि दुतावासको मौनता माथि प्रश्न उठाउदै भन्छन, “खुलेअाम मनपरी टिकट बिक्री भइरहेको विषय हामीले दूतावासमा राख्दा दूतावासले सम्बन्धित निकायमा रिपोर्ट गर्छाैं भनि रहे पनि  चार्टर उडानहरूले मनपरी भाडा असुली रहनुले सिंगो नागरिक समाजलाइ संशय गराएको छ” भन्छन् । हामीले बढी भाडा असुली भईरहेको सम्बन्धमा पटक पटक दुतावासको ध्यान आकृष्ट गराएका छौ । सरकारले तोकेको ४१० डलर पनि धेरै भयो भन्यौ तर त्यहि रकम समेत कायम भएन । हुन्छ र गर्छौ भन्ने जवाफ आए पनि धेरै चार्टर फलाईट यस अबधिमा भए होलान तिनले सवै टिकट महंगोमा बेचे र बेचिरहेका छन । दुतावास माैन छ, लिनेले मनपरि लिईरहेको छ । हामीले यात्रुहरुका गुनासा र प्रमाणहरु फेला पारेपछि दुतावासलाई खबर गर्ने हो, दुतावासले त्यस प्रकारको मनोपोली रोक्न कदम चाल्न पर्ने हो तर मौनता विचित्रको विषय भो ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

तिब्बती स्वतन्त्रता आन्दोलनका सक्रिय अभियन्ता लोब्गा राङजेन (५२) ले संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि आत्मदाह गरेका छन्। तिब्बती समुदायका अनुसार उनले…

प्रतिकृयाहरू
...