Sunday 16th November 2025

मेरी कविता – लोक छन्द (झ्याउरे) -हरि शर्मा(सुबेदी)


मेरी कविता लोक छन्द (झ्याउरे)
******************
कविता नानी चुल्बुले बानी नखरा पार्दछिन्।
श्रीमती मेरी आडैमा देखी लुकेर भाग्दछिन् ।१।

शंकाको बाढी उर्लेर आयो शान्तिको मनमा।
कविता साथै बसेको देखिन त्यो रानी बनमा ।२।

पछाडि धोका हुन्छ कि प्यारी शङ्कालु बानीले।
पटक्कै बिगार गर्दिनन् यहाँ कविता नानीले ।३।

सोच्नको लागि बाध्य नै पार्यौ आँखा यी रसाए ।
दुनियाँ भन्ला स्वार्थी छ भनी अर्को घर बसाए ।४।

कविता मेरी यौवनकी साथी साहित्य सिंगार्ने।
साधना उनको दिनहुँ गरी अज्ञानता निखार्ने ।५।

साधना गरी भरमा परी छु मैले घुमेको।
साहित्य सुधा पिउँन भनी अधर नि चुमेको ।६।

मायाको सागर तरेर मैले तिर्सना मेटेको ।
काव्यको बिशाल ढुकुटी भर्न लगातार लेखेको ।७।

साहित्य भाषा कविता बुझ्छिन यसकी पारखी ।
तिमीले पनि गरेको राम्रो उनकै आरती ।८।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...