Thursday 1st October 2026

कविताः- आमाको मुटु – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


आमाको मुटु
नेपाली लोक छन्द-(झ्याउरे)
***********************
हे मेरी आमा म एक्लो यहाँ हजुरकहाँ जानुभो ।
भरखर हो हामी खाएको खाना हजुर के खानुभो ।१।

आफ्नो त भलो जो पनि गर्छ अरुको गर्नु है।
अरुको पेट भरेर मात्र आफ्नो पेट भर्नु है ।२।

भन्ने ती प्यारा मधुरबाँणी कानैमा गुन्जिन्छ।
पुकारा गर्छु बेसरी मैले खै कसले सुन्दिन्छ ।३।

सन्तानले यहाँ उपद्रो गरे मैँ ठूलो भनेर।
लडेका लड्यै आपसमा यहाँ निर्मोही बनेर ।४।

दाजु र भाइ दिदी र बहिनी आपसमा लडेको।
अर्काको गला रेटुँला भनी अगाडी बढेको ।५।

मिलेमा आमा एकचोटी फेरी अबतार लिनु है ।
अबुझ बनी लडेका लाई उपदेश दिनु है । ।६।

आमाको मुटु नटुक्राउँ यहाँ भाग र बण्डामा ।
जुटेको राम्रो माहुरी बनी महको धन्दामा । ७ ।

लाग्दछ सराप आमाको फेरी आमालाई रुवाए ।
आमाको मन प्रफुल्ल हुने खाए र खुवाए । ८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...