Friday 19th June 2026

कविताः- अलमल गोत्र -हरि शर्मा(सुबेदी)


अलमल गोत्र
***********
म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर ।
हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ ।

अमेरिकाको मिसिगन डीट्रोइट शहर ।
अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ ।

सरकारको उर्दी आउँछ मुख छोप्न भनी ।
आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि । ३ ।

पहिले पहिले साथी भेट्दा हात मिलाउने ।
आज भोली मान्छे देखे मुन्टो फर्काउने । ४ ।

भोज र भतेर हुनै छाडे कोरोनाको डर ।
अरुको त क्या हो कुन्नि लाग्नै छाड्यो भर । ५ ।

राम राम शुरु हुन्छ काममा पुगे पछि ।
सातो पुत्लो उडी जाने हाच्छिउँ देखे अघि । ६ ।

मन मिल्ने साथी पनि यमराज झैँ लागे ।
एक जना अस्ति भर्खर बाटै बाट भागे । ७ ।

टीभी खोल्दा यमराज बोले जस्तो भयो ।
फोनमा खबर आउँदा ठूलो सातो गयो । ८ ।

आपतकालिन खबरहरु बेला बेला आउँछ्न् ।
होस हवास उड्छ सबको रातो मुख लाउँछन् । ९ ।

आफन्तलाई भेट्ने रहर पुग्दैन कि भनी ।
कोही कोही घुँक्क-घुँक्क रोई हाल्ने पनि । १० ।

धुरीबाट कराउँछ पाप भन्थे पहिले ।
सबै जना पापी भनी नभनौँ कि अहिले । ११ ।

ठाउँ ठहर पत्तो छैन अलमल गोत्र ।
नाम कस्तो कोरोना रे पार्‍यो अलपत्र । १२ ।

 

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...