Friday 19th June 2026

रामायण एक दर्शन -हरि शर्मा (सुबेदी)


~रामायण एक दर्शन~
***************
छन्द: शार्दूलविकृडित

खोतल्दा इतिहास भानु भनिने मिल्नेछ नामै पनि।
चम्किन्छन नभमा अनेक रुपमा गम्किन्छ छाती पनि।१ ।

जन्मेको भनिने पहाड तिरको रम्घा चुँदी गाउँमा ।
घाँसीले छ त्यहीँ खनेर गहिरो छाडी गएको कुवा।२।

बाजेले उनको पढाइ घरमा सम्पन्न गर्दा भया।
बाजेको उपदेश पाईकन ती आदर्श बाँड्न्या भया।३।

भेटिन्छन् अति नै बिशाल मनका सँस्कार राम्रो थियो।
नेपाली जनले दयालु मनले सम्मान गर्दो भयो।४।

अत्यन्तै रसिलो बिचार भरिलो लेखेर रामायण।
दर्शनको रुपमाअपार महिमा शिक्षा दिएको क्षण।५।

नि:सन्देह उनले भरेर ढुकुटी साहित्य नेपालमा ।
उत्थानै पनि भो हुँदैन अपुरो चम्किन्छ संसारमा।६।
***********************************
धन्यवाद ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...