Saturday 15th November 2025

रामायण एक दर्शन -हरि शर्मा (सुबेदी)


~रामायण एक दर्शन~
***************
छन्द: शार्दूलविकृडित

खोतल्दा इतिहास भानु भनिने मिल्नेछ नामै पनि।
चम्किन्छन नभमा अनेक रुपमा गम्किन्छ छाती पनि।१ ।

जन्मेको भनिने पहाड तिरको रम्घा चुँदी गाउँमा ।
घाँसीले छ त्यहीँ खनेर गहिरो छाडी गएको कुवा।२।

बाजेले उनको पढाइ घरमा सम्पन्न गर्दा भया।
बाजेको उपदेश पाईकन ती आदर्श बाँड्न्या भया।३।

भेटिन्छन् अति नै बिशाल मनका सँस्कार राम्रो थियो।
नेपाली जनले दयालु मनले सम्मान गर्दो भयो।४।

अत्यन्तै रसिलो बिचार भरिलो लेखेर रामायण।
दर्शनको रुपमाअपार महिमा शिक्षा दिएको क्षण।५।

नि:सन्देह उनले भरेर ढुकुटी साहित्य नेपालमा ।
उत्थानै पनि भो हुँदैन अपुरो चम्किन्छ संसारमा।६।
***********************************
धन्यवाद ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...