Saturday 15th November 2025

गजल -नरेन्द्र दुलाल


गजल

दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि ।
चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।।

बिश्व नै महामारीको चपेटामा परेको छ अहिले
कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।।

भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन
दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।।

एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ भन्छन्
आफन्त पनि पराई पार्यो सर्ने सम्भावनाले पनि ।।

-नरेन्द्र दुलाल
माइपोखरी, इलाम
हालः मरूभूमिको देश कुवेत ।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...