Wednesday 22nd April 2026

भानु चम्किला तारा – हरि शर्मा(सुबेदी)


भानु चम्किला तारा
**************************
नेपाली लोक छन्द: झ्याउरे
**********************
नेपाली सबै झुकायौँ शिर भानुको श्रध्दामा ।
चम्किलो तारा साहित्य आकाश नेपाल भरिमा । १ ।

रम्घाको जन्म आचार्य कुल भानुले पाएका ।
घाँसीले अर्ती दियो र मात्र कविता आएका । २ ।

मिलेको मुहार त्यो बिर्के टोपी शिरमा सुहायो ।
घाँसीको अर्ति भानुको कृति हँसायो रुवायो । ३ ।

रामायण उल्था सँस्कृत बाट नेपाली भाषामा ।
सबैको घर यसैको चर्चा गरेको सुन्छु म । ४ ।

बधुको शिक्षा उतिक्कै राम्रो आदर्श बनेको ।
त्यो भक्तमाला भक्तालु जनले सत्मार्ग ठानेको । ५ ।

जीवनको दर्शन प्रश्नको उत्तर उत्तिकै राम्रो छ ।
भानुको नाम सम्झेर पनि शिर झुक्छ हाम्रो त । ६ ।

रामगीता पाठ जनले गर्छन रामका भक्तले ।
भानुका भक्त भनिने भानु रामका भक्त थे । ७ ।

उनकै नाम सम्झिँदै मैले कविता लेखेको ।
उनैले गर्दा नेपाली भाषा साहित्य चम्केको । ८ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...