Monday 10th August 2026

आजको जिन्दगानी -छबि राम सुनार “निर्दोष”


आजको जिन्दगानी

माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ ।
उनको र मेरो बराबर खुशी पुरा हुन्छ ।।

घरी घरी हुन्छ छट्पटी घरी घरी प्यास ।
अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश ।।

सधैंजसो व्यस्त उनी घरको कामले गर्दा
हेराहेर हाम्रो हुने गर्छ बेला मौका पर्दा ।।

उनी सानू दिलको रानी मुटु भित्र भित्र
नाचि रहन्छ नानी भित्र उनकै मानचित्र ।।

धेरै मिठो सपना छ धेरै मीठो बोली
जिन्दगानी बितेको छ रम्दै आजभोली ।।

-छबि राम सुनार “निर्दोष”
नवलपुर, नेपाल
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

प्रतिकृयाहरू
...