Friday 2nd January 2026

आजको जिन्दगानी -छबि राम सुनार “निर्दोष”


आजको जिन्दगानी

माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ ।
उनको र मेरो बराबर खुशी पुरा हुन्छ ।।

घरी घरी हुन्छ छट्पटी घरी घरी प्यास ।
अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश ।।

सधैंजसो व्यस्त उनी घरको कामले गर्दा
हेराहेर हाम्रो हुने गर्छ बेला मौका पर्दा ।।

उनी सानू दिलको रानी मुटु भित्र भित्र
नाचि रहन्छ नानी भित्र उनकै मानचित्र ।।

धेरै मिठो सपना छ धेरै मीठो बोली
जिन्दगानी बितेको छ रम्दै आजभोली ।।

-छबि राम सुनार “निर्दोष”
नवलपुर, नेपाल
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...