Sunday 27th July 2025

कविताः- “कोरोना” -बी. बी. तमु


“कोरोना”

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
मान्छे मात्र बसेको ठाउँमा ।।
किन सारा मुलुक डुल्दैछस् तँ ?
कोरोना भाईरसको नाउँमा ।।
तँ चाईनाको वुहानमा जन्मेर ।
युरोप अमेरिका तिर छिरेर ।।
महामारी तीब्र रूपमा बढाउँदै छस् ।
एक दिन तेरो मृत्यु अबस्य हुने छ ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
मध्ये पुर्बी मुलुक हुदै दक्षिण एशिया पुगिस् ।
बिश्वका मान्छेहरु तेरो बिरुद्दमा एकजुट हुदैछन् बुझिस् ।।
संसार डुल्ने र मान्छे मार्ने कत्रो तेरो औकात ।
लकडाउनको हतियारले जुट्दै छ सारा जगत ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
जन्मेको चार महिनामै जवानी बनी संसार हल्लाउने ।
अदृष्य रुपमा मानव शरीरमा पसेर गलाउने ।।
के छ तँ मा त्यस्तो अजम्बरी बुट्टी ।
सत्यानास पार्नेछ तलाई एक दिन सबैजना जुटी ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
मान्छे मारेको पापले ।
संसारका पिडित मान्छेको सरापले ।।
सबैले तलाई धिक्कारी रहेछन् ।
तलाई नियन्त्रण गर्न सारा डक्टरहरु जुटीरहेछ ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
सारा बैज्ञानिक चिकित्सकहरु,
कसरी तलाई सिध्याउने भनि सोचीरह्छ ।
भ्याक्सीनरुपी हतियारको खोज,
अनुसन्धानमाआज संसार जुटीरहेछ ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
जसरी तैले महामारी फैलाउँदै छस् सारा जगत ।
उसै गरि तेरो बिरुद्दमा लगाई रहेछ संसारको तागत ।।
एक दिन तँलाई भ्याक्सीन रुपी हतियारले सिध्याउने छ ।
त्यसै दिन देखि कोरोना तेरो सदाका लागि अन्त्य हुनेछ ।।

बी. बी. तमु
हाल – मरूभूमिको देश

नोटः- रचनाकारले “ए कोरोना, ए कोरोना” भन्नको लागि “ए कोरोना – २” भनेर जनाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...