Sunday 9th August 2026

सरकारले जिल्लागत रूपमा सार्वजनिक यातायात चलाउन दिने


तितोपाटी – सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात  संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन सञ्चालनसम्बन्धी निर्णयबारे जानकारी गराएका हुन्।

सार्वजनिक यातायातमा यात्रा गर्दा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरिएको र यात्रु चढ्ने वेलामा सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ भने चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्नेछ ।

त्यस्तै, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्नुपर्नेछ । यातायात संचालन गर्दा पर्ने अार्थिक भारलाइ कम गर्न ५० प्रतिशत भाडा वृद्धि गरिएको छ भने सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारीसाधनभित्र सामाजिक दूरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागिसमेत लागू हुनेछ । सार्वजनिक सवारीसाधनलाई सफा राख्नुपर्नेछ ।

त्यसै गरि ट्याक्सी ब्यावसायीहरूले भने २ जना मात्रै यात्रु राख्न पाउने छन् भने ट्याक्सीको भाडा भने बढाउन पाइने छैन ।

 


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...