Tuesday 5th August 2025

बझाङमा पहिरो जाँदा १८ घर पुरिए, ४ जनाको मृत्यु, ३ बेपत्ता


तितोपाटी – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका – ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् ।

छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका हुन् । पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठाराको शव भेटिएको वडा अध्यक्ष गणेश बोहराले बताए । यस्तै पहिरोमा पुरिएका ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिएका छन् । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेको बोहराले बताए । पहिरोले बाटो बगाएका कारण सुरक्षाकर्मीहरुको उद्धार टोली ढिलो गरी त्यहाँ पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...