Tuesday 13th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या ८२७४, निको हुनेको संख्या १४०२ र मृत्यु हुनेको संख्या २२


तितोपाटी – नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२७४, निको हुनेको संख्या १४०२ र मृत्यु हुनेको संख्या २२ पुगेको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१६ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ८२७४ पुगेको छ भने अहिलेसम्म ७४ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १४०२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १६१७४९ परीक्षण भएको  छ भने क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८६ लाख ९ हजार भन्दा बढि संक्रमित भइ ४५ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ५६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...