Monday 14th September 2026

सरकार ! छिटो जहाज पठाइदेउ -पुर्ण बहादुर खड्का


सरकार ! छिटो जहाज पठाइदेउ

हेर्दा हेर्दै गयो मेरो
घर जाने दिन गनेर
घर जाने दिन नजिक अाउँदै थियो ।

म हेर्दै थिएँ
दिन हेर्दै थिएँ
रात गन्दै थिएँ
लकडाउने शुरू भयो हेर्दाहेर्दै ।

हेर्दैछु मोवाइलमा न्यूज
अाउँछ कि भनेर
न्यूज पनि खासै राम्रो अाउँदैन
न्यूज पनि हेर्दैछु,
जहाज अाउने बाटो पनि हेर्दैछु
तर केहि पनि अाउँदैन ।

अब त अति भो सरकार !
जहाज अाउने बाटो खुलाइदेउ
विदेशमा अलपत्र परेका नेपालीलाइ
छिट्टै स्वदेश फर्काइदेउ
नेपाली अाउने जहाज पठाइदेउ
विदेशबाट अाउनेलाइ बाटो खुलाइदेउ
म हेर्दैछु छिटो जहाज पठाइदेउ ।

हाल – बिरानो मुलुक


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...