सरकार ! छिटो जहाज पठाइदेउ
हेर्दा हेर्दै गयो मेरो
घर जाने दिन गनेर
घर जाने दिन नजिक अाउँदै थियो ।
म हेर्दै थिएँ
दिन हेर्दै थिएँ
रात गन्दै थिएँ
लकडाउने शुरू भयो हेर्दाहेर्दै ।
हेर्दैछु मोवाइलमा न्यूज
अाउँछ कि भनेर
न्यूज पनि खासै राम्रो अाउँदैन
न्यूज पनि हेर्दैछु,
जहाज अाउने बाटो पनि हेर्दैछु
तर केहि पनि अाउँदैन ।
अब त अति भो सरकार !
जहाज अाउने बाटो खुलाइदेउ
विदेशमा अलपत्र परेका नेपालीलाइ
छिट्टै स्वदेश फर्काइदेउ
नेपाली अाउने जहाज पठाइदेउ
विदेशबाट अाउनेलाइ बाटो खुलाइदेउ
म हेर्दैछु छिटो जहाज पठाइदेउ ।
हाल – बिरानो मुलुक