Sunday 7th June 2026

परदेशीको क्रन्दन -एस. के. चौलागाई


परदेशीको क्रन्दन
-एस. के. चौलागाई

संगै घर-परिवार सँग बस्न मलाई पनि थियो रहर ।
परदेश आको छु पैसा कमाउन, छोडी आफ्नो घर।।

बिर्सु भन्छु मन भरी साहु को रिन को पिरै छ ।
ज्यान त बसो मरु भुमी मा मन नेपाल तिरै छ।।

उडेको चरो खस्छ यहाँ ५५ डिग्रै को घाम ले ।
अरुको देशमा टिक्न, कति गार्हो छ यहाँ कामले।।

आएन छोरो भनेर बुबा आमा खुब दुखी बन्दा हुन
परदेशी छोरो यसपाली पनि घर फर्केन भन्दा हुन।।

हर पल रुन्छु अरुको ठाउँमा, काम गर्दै रातमा ।
भागेर आफ्नो घर आउँ भने पासपोर्ट छैन हातमा।।

म त परदेश आएँ अब धन कमाउन बैरागी बन्दै
घरमा साहु आएर कराउँदो हो मेरो पैसाले भन्दै।।

सिन्धुली नेपाल
हाल: मरूभूमिको देश कुवेत


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

प्रतिकृयाहरू
...