Sunday 1st November 2026

बहर गजल -सिर्जना पाण्डे (सिरू)


बहरमा प्रयास
मुतकारिब मुसम्मन सालिम
१२२-१२२-१२२-१२२

बन्यो जून भुँइमा सरेको कहानी
कहाँ हुन्छ धर्ती झरेको कहानी ?

अँध्यारो छ बाटो छ मौसम रिसालु
नदेखेर खाल्डो परेको कहानी ।

भुलेछन् कसैले कोमल हात मेरा
समाएर खोला तरेको कहानी ।

मुनाले मदनको थिइन् आश गर्दै
कसैले बनायो मरेको कहानी ।

सदा झै कलमले दिएको छ साथ
म लेख्दै छु आस्था गरेको कहानी ।

सिर्जना पाण्डे (सिरु)
चितवन
हाल – नेपाल बाहिर


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...