Wednesday 22nd April 2026

कविता:- “ए टू जेड” -राम भण्डारी


“ए टू जेड”
-राम भण्डारी

अल्फाबेट ए बाट सुरु भएपनि मै हुँ भन्ने “टि” थियो ।
साह्रै बलबान भनि कहलिएको हेर्दा हेर्दै खस्कियो ।।

तेस्रो मा वर्णानुक्रम “सी” ले दोस्रो ठूलो ठाउँ लियो ।
कोभिड को ठक्करले स्तब्ध भै विश्व मै घुँडा टेकियो ।।

“भि” त हुन्छ नि अन्तिम तिर तर यहाँ तेस्रो नम्बर भैदियो ।
हतियारको बलमा विश्व तर्साउने तिर सर्दै कोभिड गइदियो ।।

अर्का उन् को त‌ के‌ कुरा मुस्कुराउदै गोली ठोक्दियो ।
संसार ध्वस्त पार्ने हठी स्वभावलाई कोरोनाले छेक्दियो ।।

“एम” कहाँ कम छन् र तिमी सानो हौ भन्दै हेप्दिन्छन् ।
छल्ने र मिल्ने ठाउँमा नेपाली बोल्दै जमिन चेप्दिन्छन् ।।

हाँसो ठट्टा गज्जब गर्छन् जनता सामु राम्रैसँग जिस्किए ।
यो पटक चाहिँ किन हो हाम्रा बाजे सारै सुरा निस्किए ।।

कुरा हैन यहाँ कहरमा जनताको काम गरेर देखाउ ।
निःस्वार्थ देशभक्ति देखाई ईतिहासमा नाम लेखाउ ।।

‘ए ‘देखि ‘जेड’ सबै समान हौं धर्ती हाम्रो साझा हो ।
मिलेर बसौं अनि,सम्मान दिने-लिने हाम्रो आशा हो ।।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

प्रतिकृयाहरू
...