Monday 14th September 2026

संघर्ष गरेकी छु -तारा अर्याल


“संघर्ष गरेकी छु”

खाएर होस या नखाएर दुःख त सधैं गरेकी छु ।
खै कसरी सुनाउँ, आफै अन्योलमा परेकी छु ।।

सबैले भन्छन कति खुसी छस है तँ
तर संगी साथीसँग अलग सरेकी छु ।
खायर होस या भोकै दुःख त गरेकी छु ।।

कोहि भोकमरीले रोएका छन, कोहि रोगले च्यापेर
त्यही बिचको हुँ म पनि संघर्ष त गरेकी छु ।
सङ्गी साथी देखि अलग सरेकी छु ।

परदेशमा छु कस्लाइ सुनाउ मनको कुरा
मनमनै भगवान को पाउ परेकी छु ।
आज कोरोनाले गर्दा पर पर सरेकी छु
मरेर भए पनि आँसु लुकाइ संघर्ष गरेकी छु ।

कति दुःख दिन्छस ए दैब!
कहिले साहुको वचन त कहिले आफ्नाको वचन
तर जिउँदै मरेर पनि बाँचे जस्तै गरेकी छु ।
सकि न सकि अगाडि सरेकी छु
सत्तुरको अगाडि संघर्ष गरेकी छु ।

पटक पटकको चोट सहन
गार्‍हो भैसक्यो मलाइ
आज तेरो खुसीको निम्ति
मेरो खुसी हरेकी छु
केही गर्छु भनेर संघर्ष गरेकी छु ।।

-तारा अर्याल
{बिरानो मुलुक}


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...