Wednesday 30th July 2025

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, थप २ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप  ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै २ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३२३५ पुगेको छ भने अहिलेसम्म ७० जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार शनिबार सम्म कुल ३६५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५६ वर्षीया महिलाको मृत्युपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट हालसम्म सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक,  पाल्पाका एक, सुर्खेतका एक, डोल्पाका एक र धनगढीका एक गरी १३ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६८ लाख ७६ हजार भन्दा बढि संक्रमित भइ ३३ लाख ७० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ९८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...