Saturday 17th January 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित २९१२, थप एक जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार अपरान्ह सम्म कुल २९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार शुब्रबार सम्म कुल ३३३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु  मृत्यु भएको छ ।कोरोना संक्रमणबाट हालसम्म सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक,  पाल्पाका एक र सुर्खेत १ गरी ११ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६८ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६७ लाख २८ हजार भन्दा बढि संक्रमित भइ ३२ लाख ७१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...