Friday 25th September 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित २९१२, थप एक जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार अपरान्ह सम्म कुल २९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार शुब्रबार सम्म कुल ३३३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु  मृत्यु भएको छ ।कोरोना संक्रमणबाट हालसम्म सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक,  पाल्पाका एक र सुर्खेत १ गरी ११ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६८ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६७ लाख २८ हजार भन्दा बढि संक्रमित भइ ३२ लाख ७१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...