Friday 7th February 2025

नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा मंगलबार अपरान्ह सम्म कुल २०९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा २ हजार माथि संक्रमित पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यसै गरि अहिले सम्म २६६ जना कोरोना संक्रमणलाइ जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार मंगलबार सम्म नेपालका ६१ जिल्लामा कोभिड-19 फैलिसकेको छ भने पछिल्लो २४ घण्टामा जम्मा ४५ जना मात्रै कोभिड-19 बाट निको भएर घर फर्केका छन् ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडीटी विधिबाट १लाख १६ हजार ३४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडीटी विधिबाट २ हजार ५ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६३ लाख ९४ हजार भन्दा बढि संक्रमित भइ २९ लाख २६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ७७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...