Sunday 27th July 2025

झुटो प्रेम भोग्नुपर्यो -तारा अर्याल


कसको पछि लाग्याै कुन्नी मलाई तिमीले भुलेपछी ।
बिहानीको उषाले साँझ पख सुर्यलाई भुलेपछी ।।

छुटाउन गार्‍हो हुन्छ माया प्रिती बसेपछी
नसासरि नसा नसा जिन्दगीमा डुलेपछी ।।

तिम्रो माया त आज चरी जस्तै उडि गयो
हाँसीखुसी भएको मन नदी सरि डुबी गयो ।।

चन्द्रमा छुन खोज्ने मन, पिंजडमा पर्दा आज
चोखो माया पाउने आश मुटु भरी रहिरह्यो ।।

जिन्दगी को यो यात्रामा म त एक्लो भय भय
निष्ठुरीको यादले होला आधा ज्यान सुकि गयो ।।

निर्मोहीले धोका दिई पराइ सङ्ग गयपछी
मुटुभरि ब्याथा बोकी तड्पियेर बाँच्नु पर्यो ।।

कतै गल्ति पो थियो कि आज मलाई रुनुपर्यो
उनलाइ हेर्ने परेलीलाइ आँसु बगाइ धुनुपर्यो ।।

रुवाउनु नै थियो भने हाँस्ने खेल किन गर्यौ ?
तिम्रो कारण जिन्दगीमा एक्लो यात्रा भोग्नुपर्यो ।।

तारा अर्याल
हाल – बिरानो मुलुक


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...