Friday 25th September 2026

कुवेतले लकडाउन हटायो आईसोलेट क्षेत्र बढायो


तोयानाथ उपेक्षित, कुवेतले २१ दिन लामो पूर्णकालिन कफर्यु मई ३० तारिकबाट हटाउने निर्णय गरे पनि कोभिड १९ बाट बढि संक्रमित थप क्षेत्रहरुको पहिचान गरी आईसोलेट गर्ने निर्णय गरेको छ ।

यसरी आईसोलेटमा पर्ने थप क्षेत्रहरुमा फरवानिया, खैतान, नुग्रा र मैदान हवाली थपिएका छन । यस अघि आईसोलेट एरिया भनिएका जीलिप अल सुयोख र माहावुल्ला क्षेत्र अहिले पनि हट स्पोटकै रुपमा कायम छन र तिनलाई पनि आईसोलेसन मा नै राखिएको छ । बाँकी क्षेत्रको हकमा ५० प्रतिशत कर्मचारीका साथ काम गर्न सक्ने भनिएको छ । आईसोलेट क्षेत्र देखि बाहेकका क्षेत्रमा साँझ ६ बजेबाट विहान ६ सम्म कफर्यु जारी रहने छ ।

कुवेतले यहाँको जनजीवन सामान्य रुपमा फर्काउने घोषणा गरिरहँदा मानिसहरुमा एक खालको भय कायम थियो । पुरै कुवेतको जनजीवन चलायमान गर्दा कोभिड १९ को संक्रमण अरु फैलन सक्ने डर थियो तर अन्तिम अवस्थामा आएर कुवेतले थप सावधानी अपनाउदै चरणबद्ध कार्यक्रमहरु सार्वजनिक गरेको छ । २१ दिने पूर्णकालिन लकडाउनको शुरुका १० दिन सन्तोसजनक देखिएका थिएनन भने पछिल्ला १० दिनमा सुधारको संकेत देखिए पनि दैनिक संक्रमण हुनेको संख्या ७ सय भन्दा तल झर्न सकेको छैन ।

कुवेतमा हालसम्म संक्रमितहरुको संख्या २४,११२ पुगेको छ । यसबीच मृत्युबरण गर्नेहरु १८५ छन जसमा स्वास्थ्य क्षेत्रका २ डाक्टर सहित ७ जना रहेका छन । कुवेतले २३ वटा क्वारेन्टाईनमा राखेर उपचार गरिरहेको छ । आज सम्म निको हुनेको संख्या ८,६९८ जना छन ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...