जय नारायण माझी थारू – हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित देशको नक्सा जारी गर्ने नेपाल सरकारको निर्णय स्वागतयोग्य र तमाम नेपाली जनतामा आशाको किरणहरु जागेको छ । तर नेपाली जनताको आशाहरु कागजी खोस्टामा मात्रै सिमित नहोस, जनतामा चाहिँ भ्रम सिर्जना नहोस । अतिक्रमित भुमी फिर्ता र भोगचलन गर्ने आँट पनि गर्न सक्नु पर्छ वर्तमान नेतृत्व पङ्तीले त्यसको लागि हरदम नेपाली जनता सरकार र नेतृत्व सङ्ग उभिन त्यार छ, नक्सा निकाल्न जति असहज थियो त्यो भन्दा कयौं गुणा चुनैतीपुर्ण र असहज छ गुमेको भुभाग फिर्ता ल्याउन । यदि वर्तमान सरकार र नेतृत्ववर्गले साच्चिकै गुमेको भाग फिर्ता ल्यायो भने नेपाल र नेपाली जनताले वर्तमान सरकारको नेतृत्वलाई राष्ट्र र राष्ट्रियतको विषयमा साच्चिकै अडान लिने रास्ट्रवादी नेतृत्व इतिहासको पानामााकलान्तर सम्म चिनिने छन अन्यथा: छट्टु छिमेकीले आफ्नो बारीमा रोपेको फर्सीको लहरे छिमेकीको बारीसम्म फैलेको मामालाई देखाउँदै त्यहीँसम्म आफ्नो बारी भएको भ्रम छरे जस्तो सावित हुनसक्छ ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा चीन सँग जोड्ने सडक निर्माण गर्दा नेपाल र नेपालीहरुको राष्ट्रियता माथी नाङ्गो हस्तक्षेप भएको छ । नेपालको भौगोलिक अखण्डता र स्वाधिनतामाथि हस्तक्षेप गरेपछि लाखौ युवाहरु प्रदर्शनमा उत्री रहदा भारतीय मिडियाहरुको नाङ्गो हस्तक्षेप देख्न पाईएको छ । मिति २०७७ वैशाख २५ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलास मानसरोबर जाने सडकको उद्घाटन गरेका छन । जुन सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी भन्दा पुर्वको भूभाग नेपालको हो । तर भारतले सन् १९६२ यता कालापानीमा भारतीय सेना राखेको छ । जुन अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र नेपालको स्वाधीनता माथिको हस्तक्षेप हो ।
सिक्किम माथि भारतको कब्जा हुँदा पनि सार्कले कुनै भूमिका खेल्न सकेन । वर्तमानमा भूटान भारतको कठपुतली बनेको सर्वबितिदै छ । भूटानस्थित नेपालीहरूको समस्या अहिलेसम्म हल हुन सकेको छैन । त्यस सिलसिलामा नेपालमाथी भारतीय बिस्तारवादको हस्तक्षेप बढ्दो उदाहरणहरु विशेष रूपले उल्लेखनीय छ । नेपालमाथि भारतीय विस्तारवादी नीति लगातार नयाँनयाँ रूपमा अगाडि बढिरहेको छ । भारतबाट ठूलो सङ्ख्यामा भारतीयहरू नेपालमा प्रवेश गरिरहेका छन् र नेपाल सरकारका गलत नीतिहरूका कारणले उनीहरूलाई ठूलो परिमाणमा नेपालको नागरिकता प्राप्त गर्ने देखि लिएर सकृय राजनीतिमा जोडिने तथा विभिन्न काममा दखल दिने गरेको छ । त्यसरी नेपाल सिक्किमीकरण बन्ने खतरा बढिरहेको छ । अब यी बिगतमा भएको तमाम सन्धी सम्झौतालाई पुन:सच्च्याएर सधैको लागि सिमा बिवाद लगायतको भारतको प्रभुत्वलाई समाप्त पार्ने बेला आएको छ र यही नै उपयुक्त समय पनि हो ।किनकी नेपालमा कुनै न कुनै बिपतको बेलामा भारतको हेप्पाह प्रवृतिले नेपाल माथि कुठाराघात गरिरहेको छ । अहिले पनि विश्व नै कोरोनाभाइरसको कारण आक्रान्त भएको बेला आफ्नो च्याखे दाउ थापेर नेपालको अखन्डता माथि प्रहार गर्यो त्यसको जवाफ हामी नेपाली र नेपाल सरकारको नेतृत्वले दिनै पर्छ ।
राज्यसत्ता अनुहार र त्यसको प्रतिबिम्ब मात्र हैन, राज्यसत्ता राष्ट्र, राष्ट्रियता, स्वधिनता र सार्वभौम सहितको अखण्डताको रक्षा गर्ने सर्वोच्च शक्ति पनि हो ।राज्यसत्ता प्राप्तीको लागि बिचार सिद्धान्त र एजेन्डा फरक फरक हुन सक्छ तर जब जब राष्ट्रियता र रास्ट्रको स्वधिनताको विसयमा सवाल उठछ, बिचार ,सिद्धान्त र बहस भन्दा माथी उठेर सबै शक्ति एकजुट हुँदै राष्ट्रियता बचाउन आ-आफ्नो ठाउँबाट एक ठाउँमा उभिन जरुरी हुन्छ । यदि देश र जनता नै भएन भने के को राजनिति? के को सिधाान्त? के को बिचार ? जब सम्म देशको स्वधिनता, राष्ट्रियता, सार्वभौमिक अखण्डता बच्दैन तब सम्म सुशासन समृध्दि र समाजवाद, कानुनी राज्य, लोकतन्त्र गणतन्त्रको ढोङ्ग जति नै पिटे पनी केही हुने बला छैन । त्यसैले अहिलेको बिकल्प नेपाली जनताले खोजेको राष्ट्रिय एकता सहित भारतीय बिस्तारवादी नीतिलाई एक जुट भएर तोड्ने र भारतीय बिस्तारवादलाई सवक सिकाउने हो ।
नेपाल-भारत सीमा विवादको सन्दर्भमा जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै राजनिती पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेकै अवस्था छ । अब नेपालको नेतृत्व पंति सार्वजनिक रुपमा एक अर्कामा दोस थुपार्नु भन्दा देशको ऐतिहासिक तथ्य प्रमाणलाई दह्रो पारेर दुई देशको उच्चस्तरीय कुटनीतिक र राजनीतिक वार्तामा बसि अँखामा अँखा जुधाएर सिमा समस्या समाधान गर्नु पर्दछ ।
यी प्रक्रियाबाट सिमा समाधान नभएमा एेतिहासिक दस्तावेज, दशी प्रमाण सहित अन्तर्राष्ट्रिय मञ्च वा अन्तरास्ट्रिय अदालतमा जाने तयारी गर्नुपर्छ ! यस्तो संवेदनशील राष्ट्रियताको विषयमा अनावश्यक विवाद झिकेर रास्ट्र र रास्ट्रियताको ध्यान अन्यत्र मोड्ने शासकहरु गुटको षड्यन्त्र र जाल झेलमा कोही पनि पर्नु हुँदैन । सत्ताको दम्भ त्याग्दै सर्वदलिय सहमती र नेपाल भित्र रहेका सम्पूर्ण बिज्ञ बुद्धिजिवीहरूलाइ साथमा लिएर अगाडि बढ्ने उपयुक्त समय यही हो । यहि समय हो ईतिहास लेख्ने र लेखाउने, ईतिहास वर्तमानको गर्व हो जहाँबाट वर्तमानको जन्म हुन्छ । वर्तमान फेरि ईतिहास तब बन्छ जहाँ गर्व गर्न लायकको कामहरु हुन्छ, ईतिहास रच्ने पालो वर्तमान नेतृत्वहरुको हो । जुन नेतृत्व पंङ्तिले अतिरिक्त समय लगाएर भएपनि राष्ट्र, राष्ट्रियता र स्वधीनताको लागि काम गर्नु पर्छ । गुमेको भुमि फिर्ता गर्नुस इतिहासमा स्वर्ण अक्षरले नाम लेखिने छ ।