Tuesday 8th September 2026

पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न


तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने मूल नाराका साथ जेनजी समूहको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा सम्पन्न भएको हो । शनिबार  आयोजित सम्मेलनमा सातै प्रदेशका संयोजक र देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो  ।
उक्त  सम्मेलनमा करिब ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । जिल्लाबाट दुई सय र बाहिरी जिल्लाबाट दुई सय प्रतिनिधि सहभागी हुने योजना भए पनि वास्तविक उपस्थिति सोभन्दा केही कम रहेको आयोजक समितिका संयोजक उमेश भण्डारीले बताएका छन । सम्मेलनले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने र सुशासनको पक्षमा निरन्तर काम गर्ने निर्णय गरेको छ । जेनवाई पुस्ताका विज्ञान घिमिरेले “भ्रष्टाचार र अन्यायविरुद्ध हाम्रो संघर्ष निरन्तर रहनेछ” भन्दै युवाहरूलाई शुद्ध र जिम्मेवार राजनीतिमा संलग्न हुन आह्वान समेत गरेका थिए । काठमाडौंबाहिर पहिलो पटक बृहत् रूपमा आयोजना गरिएको यो सम्मेलनले केन्द्रदेखि वडातहसम्म संगठन विस्तार गर्ने र सुशासनको अभियानलाई सशक्त बनाउने योजना अघि सारेको पाल्पाका जेनजी अगुवा एबम कार्यक्रम संचालक सुशील बश्यालले  जानकारी दिएका छन ।
कार्यक्रममा “बडापत्र २०२५” जारी गरिएको छ, जसमा दण्डहीनताको अन्त्य, पारदर्शी, जवाफदेही र समावेशी शासन प्रणालीको निर्माणमा सहयोग पुग्ने उल्लेख गरिएको छ । साथै, युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनःस्थापित गर्न, भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तयार गर्न तथा अहिंसक र कानुनी राज्यको पालना गर्नका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।
हेर्नुहोस पाल्पाको तानसेनमा सम्पन राष्ट्रिय सम्मेलनमा प्रस्तुत बडापत्र २०२५ 

सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...