Wednesday 1st May 2024

गायक अमृत खातीको सीमा मिच्न पाईदैन बोलको गीत सार्वजनिक


तितोपाटी- नेपाली भूभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् ।

चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले हाम्रो माटो बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भूभाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका हुन् । विश्व कोरोना संक्रमणको त्रासमा रहेको बेला बिगत लामो समय देखि नेपाल भारत सीमा विवाद भइ रहेको अवस्थामा हालै “हाम्रो माटो” बोलको देश भक्तिले भरिएको गीत सार्वजनिक भएको हो ।

यस्तो महामारीको बेलामा समेत भारतले नेपाली भूमि मिच्दै सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएको छ । गीतमार्फत भारतलाई दबाब दिदै नेपाललाई आफ्नो भूभाग फिर्ता गर्न आग्रह स्वरुप गीत निर्माण गरिएको कलाकारहरु बताउँछन् ।

अमृत खातिको शब्द र राजा राजेन्द्र पोख्रेलको संगीत रहेको गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय श्रृपालको रहेको गीतको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ । युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको हो ।

नेपाल सरकारले हालै नेपालको नयाँ नक्सा जारी गरिसकेको छ । भारत र बिश्व सामू चूनौतीपूर्ण चर्चा परिचर्चा चलिरहेको वर्तमान अवस्थामा अब आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ, भन्ने सन्देश गीतमा समेटिएको छ ।

हेरौं भिडियोमा


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...