Wednesday 18th February 2026

गायक अमृत खातीको सीमा मिच्न पाईदैन बोलको गीत सार्वजनिक


तितोपाटी- नेपाली भूभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् ।

चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले हाम्रो माटो बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भूभाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका हुन् । विश्व कोरोना संक्रमणको त्रासमा रहेको बेला बिगत लामो समय देखि नेपाल भारत सीमा विवाद भइ रहेको अवस्थामा हालै “हाम्रो माटो” बोलको देश भक्तिले भरिएको गीत सार्वजनिक भएको हो ।

यस्तो महामारीको बेलामा समेत भारतले नेपाली भूमि मिच्दै सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएको छ । गीतमार्फत भारतलाई दबाब दिदै नेपाललाई आफ्नो भूभाग फिर्ता गर्न आग्रह स्वरुप गीत निर्माण गरिएको कलाकारहरु बताउँछन् ।

अमृत खातिको शब्द र राजा राजेन्द्र पोख्रेलको संगीत रहेको गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय श्रृपालको रहेको गीतको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ । युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको हो ।

नेपाल सरकारले हालै नेपालको नयाँ नक्सा जारी गरिसकेको छ । भारत र बिश्व सामू चूनौतीपूर्ण चर्चा परिचर्चा चलिरहेको वर्तमान अवस्थामा अब आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ, भन्ने सन्देश गीतमा समेटिएको छ ।

हेरौं भिडियोमा


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...