Sunday 26th July 2026

कुवैत बाट मृगौला पिडित गुरुङलाइ सहयोगको अपिल


आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ ।

केही समयअघि बाट दुबै मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी घनश्याम बस्ताकोटीले जानकारी दिए ।

मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङ

स्यांजा जिल्ला चापकोट नगरपालिका वार्ड न . ७ स्थायी घर भयका गुरुङका एक छोरा एक छोरी छन् ।

दुबै मृगौला फेल भएकाले तत्काल सल्यक्रियागरी प्रत्यारोपण नगरे ज्यानै जान सक्ने डाक्टरले सल्लाह दिएपनि आर्थिक अभावकाकारण उपचारमा समस्या भएकाले इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेर उनको ज्यान बचाइदिन घनश्याम बस्ताकोटीले सबैलाई सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहने व्यक्ति संघसंस्थाले पीडित कमल गुरुङको मोबाइल नम्बर नेपाल -००९७७९८१७१०६५८७. घनश्याम बस्ताकोटीको कुवैत -००९६५६९९७०१५८ हेमन्त गुरुङको कुवैत -००९६५६५६०३८१०- मा सम्पर्क गर्न सक्नु हुने छ ।

साभार नेपाल दृष्टि


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...