Thursday 20th August 2026

कुवेतमा संखुवासभाका मान बहादुरको हृदयघातका कारण मृत्यु


हरि कृष्ण न्यौपाने-संखुवासभा घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३७ वर्षिय मान बहादुर आलेको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार आलेको कुवेतको मिनाजोर (जुलाइया नजिक) कम्पनीको आवास गृह (क्याम्प)मै आज मेई ७ तारिक बिहिबार २०२० का दिन बिहान मृत्यु भएको हो।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने “राहदानी नं ०८५७४८०७ भएका मान बहादुर आलेको हृदयघातका कारण मृत्यु भएको जानकरी दूतावासलाई आएको छ। उनी अल्घानिम इन्जिनियरिङ जनरल कन्ट्याक्टिङ कम्पनीमा काम गर्दै आएका थिए।”सिलवालले थपे” कम्पनिले मृतकको राहदानी र परिवारको सम्पर्क नम्बर सहित दूतावासमा सम्पर्क गरेको छ।हामी कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रक्रिया अगाडि बढाउने छौ।”

मृतकको शबलाई आबश्यक कानुनी प्रक्रियाका लागि फर्वानिया अस्पताल लगिएको छ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...