Wednesday 22nd July 2026

कुवेतमा कपिलवस्तुका बिष्णु न्याैपानेको मृत्यु


हरि कृष्ण न्यौपाने – बुद्दिभूमी नगरपालिका-२ गोरुसिंङे,कपिलवस्तु घर भई कुवेतमा कार्यरत ४१ बर्षिय बिष्णु प्रसाद न्यौपानेको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज मेई ६ तारिक बुधबार बिहान कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको हो।

मृतक संग एउटै कम्पनीमा कार्यरत सहकर्मीले तितोपाटी डटकम संग भने “महाबुल्लामा फुल लकडाउनमा बसेकै बेला ६ दिन अघि श्वास-प्रस्वासमा केही समस्या भए पछि बिष्णुलाई महाबुल्लाकै अस्पताल पुर्याइएको र त्यहाँबाट सोही दिन आदान अस्पताल रिफर गरिएको थियो।बिष्णुलाई सर्जिकल वार्डको आईसियूमा राखिएको बताईए पनि अरु कसैलाई भेटन दिईएको थिएन ।”

नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले ग्लोबल मोर्डन फ्यासिलिटी मेनेज्मेन्ट(GMFM) कम्पनिमा कार्यरत बिष्णु प्रसाद न्यौपानेको मृत्युको पुष्टि भएको बताए।उनले भने”सम्बन्धित कम्पनीले मृतकको राहदानी सहित दूतावासमा सम्पर्क गरेकोले अन्य कानुनी प्रक्रिया शुरु गरिसकिएको छ।”

बिगत ३ वर्ष देखि कुवेतमा कार्यरत मृतक बिष्णुको श्रीमति चन्द्रकला न्यौपाने पनि सोही कम्पनिमा कार्यरत रहेकी छन।उनिहरुको २ छोरा भने काठमान्डौंमा पढाईका क्रम रहेका छन।

साथै मृतक बिष्णु सहित अन्य ११ जनाको भिसा आगामी जुलाई ५ मा सकिदै गरेको र भिसा नवीकरणका लागि प्रती ब्यक्ति ४१० केडि कम्पनिले मागेको थियी। पैसा तिर्न नमाने पछि सबै कामदारहरुलाई दुई महिना देखि कोठामै राखिएको र भिसा समेत कम्पनिले क्यान्सिल गरेको बताइरहेको मृतकका सहकर्मिहरुले जानकारी गराएका छन।उनिहरुले आफ्नो समस्या लिखित रूपमै दूतावासमा पुर्याए पनि सुनुवाई नभएको बताए।उनिहरुल प्रतिप्रश्न गरे” मासिक १०० देखि १३० केडि सम्म पारिश्रमिक हुनेले भिसा नवीकरणका लागि कसरी ४१० केडि बुझाउने?”।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...