Thursday 25th December 2025

राष्ट्रपतिद्वारा,प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले बुधबार अपराह्न महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउँदै उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याउएको सचिवालयले जनाएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था स्थिर रहेको छ। घरमै आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मंगलबार सेन्ट थोमस अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।  यसअघि विदेशमन्त्री डोमिनिक र्‍याबले प्रधानमन्त्री निको हुनेमा आफू विश्वस्त रहेको जनाउँदै उनी एक योद्धा रहेको बताएका थिए। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका र्‍याबले प्रधानमन्त्री जोन्सनलाई अक्सिजनसहितको उपचार दिइएको र हाल भेन्टिलेटरबिना आफैं श्वास फेरिरहेको जनाएका छन्।
जोन्सनको स्वास्थ्यस्थितिका बारेमा बुधबार साँझसम्ममा थप जानकारी आउने बुझिएको बिबिसीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...